Logo

संसद्मा प्रधानमन्त्रीलाई सांसदले ‘फटाहा’ भनेपछि…



काठमाडौं,१० फागुन । संघीय संसद्अन्तर्गतको प्रतिनिधि सभाको बैठक जारी छ । जारी बैठकमा सांसदहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षणदेखि आफ्ना भनाईहरु राखिरहेका छन् ।

बिहीबारको प्रतिनिधि सभाको बैठकमा राप्रपा सांसदले बोलेको कुरालाई लिएर नेपाली कांग्रेसकी सचेतक सुशीला थिङलगायतले नियमापत्ति जनाएका छन् ।

संसद्को शून्य समयमा बोल्दै राप्रपा सांसद रोशन कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फटाहा बोल्ने गुण बोकेको बताएकी थिईन् ।

उनले भनिन्, ‘प्रधानमन्त्रीले यहाँ आएर सरकार ढाँट्नुहोला भन्ने लागेको थिएन। उहाँसँग प्रसस्तै गुणहरू पनि छन् । एउटा फटाहा बोल्ने गुण थपिएर आएछ ।’

सांसद कार्कीले बोलेलगत्तै कांग्रेस सचेतक थिङले नियमापत्ति जनाईन् । उनको नियमापत्तिपछि सभामुख देवराज घिमिरेले बोल्ने समय दिएका थिए । सभामुखले बोल्ने समय दिएपछि थिङले फटाहा शब्द अश्लिल भएको दाबी गर्दै संसद्को ध्यानाकर्षण गराईन् । थिङले भनिन्– ‘यहि सदनमा सम्माननीय प्रधानमन्त्रीलाई फटाहा शब्द प्रयोग भयो । त्यसकारण यो शब्द अलि अश्लिल भएकोले मैले नियमापत्ति जनाएको छु ।’

थिङले बोलपछि सभामुख घिमिरेले संसद्को ध्यान गएको बताएपनि शब्द हटाउन भने कुनै चासो देखाएनन् र नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीलाई बोल्न समय दिए ।



प्रतिक्रिया दिनुहोस्