काठमाडौं,११ फागुन । प्रतिनिधि सभाको बैठकमा आज पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेको छ । एमालेले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको राजीनामा माग्दै सदन अवरुद्ध गरेको हो ।
आजको बैठक सुरु हुनासाथ प्रतिपक्षी दलहरु एमालेसहित रास्वपा र राप्रपाका सांसदहरु उठेर विरोध जनाएका छन् । प्रतिपक्षी दलको अवरोध पनि सभामुख देवराज घिमिरेले एमाले सचिवसमेत रहेका सांसद योगेशकुमार भट्टराईलाई बोल्न समय दिएका छन् ।