Logo

एमालेले संसदभित्र उत्ताउलोपन देखायो, यो शैली सच्याउनुपर्छः माओवादी नेता पौडेल



काठमाडौं, १२ फागुन । नेकपा (माओवादी केन्द्र) का सचिव एवं पूर्वमन्त्री देवेन्द्र पौडेलले नेकपा (एमाले) ले संसद्भित्र उत्ताउलोपना देखाएको टिप्पणी गरेका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै सचिव पौडेलले एमालेले संसद् अवरोध गरेपछि सरकारमाथि उठेका प्रश्नहरुको मन्त्रीहरुले जवाफ दिन नपाएको बताएका छन् । सचिव पौडेलले

‘सभामुखले रुलिङ गर्नुभएको थियो जवाफ दिनका लागि । घेरेपछि, उठेर संसद् चल्नै नदिएपछि, अवरोध सिर्जना गरेपछि मन्त्रीले कसरी जवाफ दिने ? त्यसकारण यो शैली एमालेले सच्याउनुपर्छ । एमालेले अहिलेको संसदीय प्रणाली मानेको छ कि छैन ? हस्ताक्षर गरेको हो कि होईन ?’ उनले प्रश्न गरे ।

प्रतिपक्षलाई आफूलाई चित्त नबुझेको असन्तुष्टि प्रकट गर्ने अधिकार रहेको बताउँदै उनले प्रतिपक्षले सरकार चलाउनेजस्तो बन्न नहुने बताए । ब्यवस्थाको बारेमा नै प्रश्न उठाउने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरु र एमालेबीचमा भएको तालमेल गलत रहेको उनको भनाइ छ । अंक गणितको विषयभन्दा पनि यसलाई विचार र दृष्टिकोणको विषयका रुपमा लिनुपर्ने उनले बताए । सचिव पौडेलले एमालेले ब्यवस्था विरोधी प्रवृत्तिसँग नमिसिएर आफ्नो धारणा राख्दा राम्रो हुने बताए ।



प्रतिक्रिया दिनुहोस्