Logo

मन्त्रीहरुले राजीनामा दिनुपर्यो, होईन भने प्रधानमन्त्रीले बर्खास्त गर्ने आँट गर्नुपर्योः गोकुल बास्कोटा



काठमाडौं, १४ फागुन । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाले विवादित मन्त्रीका विषयमा प्रधानमन्त्रीले आजनै संसद्मा जवाफ दिनुपर्ने बताएका छन् । आज (सोमबार) प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले कि मन्त्रीहरुले राजीनामा दिनुपर्ने र होईन भने प्रधानमन्त्रीले विवादित मन्त्रीहरुलाई बर्खास्त गर्ने आँट गर्नुपर्ने बताएका हुन् ।

‘प्रधानमन्त्रीले आजै जवाफ दिनुपर्छ । उहाँ विवादित मन्त्रीहरुको विषयमा के गर्नुहुन्छ ? कि उनीहरुले राजीनामा दिनुपर्यो, होईन भने बर्खास्त गर्ने आँट गर्नुपर्यो,’– उनले भने ।

उनले लामो समय आफूहरुले विवादित मन्त्रीहरुको राजीनामा बारे आवाज उठाएपनि सरकारले जवाफ दिन नचाहेको बताए । उनले सुप्रिमोभन्दा माथि कुन सुप्रिमो छ यो देशमा भनेर प्रश्नसमेत गरे । उनले कि असली कम्फर्टेबल घोडा बनेको हो भनेर अर्को प्रश्नसमेत गरे ।

‘सुप्रिमोभन्दा माथि कुन सुप्रिमो छ यो देशमा ? प्रचलित भाषमा उहाँलाई सुप्रिमो भन्छन् । कि अरु कसैले लगाएजस्तो असली घोडा, कम्फर्टेबल बनाएको हो ? जनतालाई जवाफ चाहिन्छ,’– नेता बास्कोटाले भने ।



प्रतिक्रिया दिनुहोस्