Logo

राष्ट्रिय सभा अध्यक्ष कांग्रेसलाई नदिन नेताहरुको प्रचण्डमाथि दवाव, ‘फाइनल डिसिजन’ भोलि



काठमाडौं,१५ फागुन । सत्ताको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रका नेताहरुले राष्ट्रिय सभाको अध्यक्ष नेपाली कांग्रेसलाई नदिन पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् ।

पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकमा बोल्ने अधिकांश नेताहरुले राष्ट्रिय सभाको ठूलो दलको हैसियतले पनि माओवादीले अध्यक्ष पाउनुपर्ने धारणा राखेका हुन् ।

माओवादीको स्थायी समिति बैठक भोलि पन बस्नेछ । बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले अधिकाँशले कांग्रेसलाई अध्यक्ष दिन नहुने धारणा राखेको बताए। सापकोटाले भने, ‘हामीले प्रस्तुत सबै एजेण्डामा वृहत् छलफल गर्‍यौं । राष्ट्रियसभाको अध्यक्षको निर्वाचनको बारेमा छलफल भयो । र, त्यस सम्बन्धमा चाहीँ अन्तिम निर्णय भोलि हुन्छ । अधिकांशले चाहीँ राष्ट्रियसभाको अध्यक्ष छोड्नु हुन्न भन्ने मत राख्नुभएको छ ।’

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन २९ गते हुँदैछ । अध्यक्षका लागि नेपाली कांग्रेसले दानबी गर्दै आएको छ । राष्ट्रिय सभा निर्वाचन अघिनै कांग्रेसलाई अध्यक्ष दिने र कृष्णप्रसाद सिटौलालाई अध्यक्ष बनाउने भद्र सहमति भएको सत्ता गठबन्धनका नेताहरुको दाबी छ । तर, पछिल्ला दिनमा कांग्रेसले आफूलाई धोका दिएको भन्दै प्रचण्ड स्वयं राष्ट्रिय सभा अध्यक्ष कांग्रेसलाई नदिने पक्षमा पुगेका छन् ।



प्रतिक्रिया दिनुहोस्