Logo

लेभिटको अर्धशतकमा नेदरल्यान्ड्सले दियो नेपाललाई १८५ रनको लक्ष्य



काठमाडौं,१६ फागुन । नेपालविरुद्धको टी–२० आई क्रिकेटमा नेदरल्यान्ड्सले १८५ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्याण्डस्ले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८४ रन जोड्यो । उसका लागि माइकल लेभिटले अर्धशतक प्रहार गरे । ३७ बलमा ५५ रन जोडेका उनले ५ चौका र ३ छक्का हिर्काए । स्याब्रान्ड एंगेलब्रेक्टले ४९ रन जोडे । स्कट एडवार्ड्सले ३३ रन जोडेको खेलमा तेजा निडामानिरुले ३१ रन जोडे ।

बलिङममा नेपालका करण केसी र कुशल मल्लले एक/एक विकेट लिए ।



प्रतिक्रिया दिनुहोस्