Logo

नेपालका दुवै ओपनर आउट, पाली सम्हाल्दै कप्तान रोहित



काठमाडौं,१६ फागुन । टी–२० आई क्रिकेटमा नेदरल्यान्ड्सले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले दुवै ओपनर गुमाएको छ ।

खेलको चौथो बलमै भिभियन किंग्माको बलमा कुशल भुर्तेल आउट भएकामा ८।१ ओभरमा किंग्माकै बलमा ३४ रन बनाएर खेलिरहेका ओपनर आशिफ शेख आउट भएका छन् । उनले कप्तान रोहितकुमार पौडेलसँग दोस्रो विकेटका लागि ६५ रनको साझेदारी गरेका थिए ।

आशिफ आउट भएसँगै कप्तान रोहितले ४२ रन जोडेर नेपालको पाली सम्हाली रहेका छन् । उनलाई ३ रन जोडेर कुशल मल्लले साथ दिईरहेका छन् । १० ओभरमा नेपालले २ विकेट गुमाएर ८६ रन जोडेको छ ।



प्रतिक्रिया दिनुहोस्