Logo

माओवादीले खगराजको जिम्मेवारी खोस्यो, यस्तो छ कारण…



काठमाडौं, १६ फागुन । नेकपा (माओवादी केन्द्र) सुदुरपश्चिमका इन्चार्ज रहेका खगराज भट्टको जिम्मेवारी खोसिएको छ । माओवादी केन्द्रको स्थायी कमिटी बैठकले भट्टलाई इन्चार्जबाट हटाएर गिरीराजमणि पोखरेललाई जिम्मेवारी तोकेको हो ।

भट्टलाई गत माघमा सुदूरपश्चिम संसदीय दलको नेताको जिम्मेवारीबाट समेत हटाइएको थियो । बहुमत प्रदेश सभा सदस्यले उनलाई संसदीय दलको नेताबाट हटाएका थिए ।

पार्टी स्थायी कमिटी बैठकले भने जनप्रतिनिधिलाई इन्चार्जको जिम्मेवारी नदिने भन्दै उनको जिम्मेवारी खोसेको हो । स्थायी समितिको उक्त निर्णयविरुद्ध पार्टी उपमहासचिव जनार्दन शर्माले ‘नोट अफ डिसेन्ट’ लेखेका थिए ।



प्रतिक्रिया दिनुहोस्