Logo

माइतीघरको निषेधाज्ञा तोड्न खोज्ने प्रदर्शनकारी र प्रहरीबीच झडप



काठमाडौं, १६ फागुन । माइतीघरको निषेधाज्ञा तोड्न भन्दै अगाडि बढेको भीड र प्रहरीबीच भद्रकालीमा झडप भएको छ ।माइतीघरतर्फ अगाडि बढेको भीडलाई प्रहरीले रोक्ने प्रयास गरेको थियो । सो क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो ।

सो क्रममा नेता राजेन्द्र महतोसहित केही प्रदर्शनकारीहरु घाइते भएका छन् । प्रहरीले धरपकड गर्दा नेता महतो केही समय बेहोस् भएका थिए ।

सरकारले गत मंसिर ५ गतेदेखि माइतीघर क्षेत्रमा निषेधाज्ञा लगाएको थियो । नेता महतोले केही दिनअघि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाडेर ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नाम दिएर अभियान सुरु गरेका थिए । उनको क्रान्तिको पूर्व निर्धारित कार्यक्रमअन्तर्गत आज माइतीघरको निषेधाज्ञा तोड्ने कार्यतालिका थियो । Photo By: Arun Karki/RN



प्रतिक्रिया दिनुहोस्