Logo

निषेधित क्षेत्र तोड्न हिँडेका राजेन्द्र महतो बेहोस



काठमाडौं, १६ फागुन । माइतीघरको निषेधित क्षेत्र तोड्नभन्दै अगाडि बढेको भीड र प्रहरीबीच भद्रकालीमा झडप भएको छ । झडपका क्रममा आन्दोलनको नेतृत्व गरेका राजेन्द्र महतो बेहोस भएका छन् ।

केही बेर बेहोस् भएका महतो प्राथमिक उपचारपछि उनी होसमा आएका थिए । सरकारले गत मंसिर ५ गतेदेखि माइतीघरलाई निषेधित क्षेत्र घोषणा गरेको थियो ।

नेता महतोले केही दिनअघि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाडेर ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नाम दिएर अभियान सुरु गरेका थिए । उनको क्रान्तिको पूर्व निर्धारित कार्यक्रमअन्तर्गत आज माइतीघरको निषेधाज्ञा तोड्ने कार्यतालिका थियो । Photo By: Mukunda Kalikote/Reporters Nepal



प्रतिक्रिया दिनुहोस्