काठमाडौं, १८ फागुन । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य सूर्य थापाले प्रधानमन्त्रीले संसद्को रुलिङ बेवास्ता गरेको भन्दै आपत्ति जनाएका छन् । आज (शुक्रबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले विवादित मन्त्रीहरुलाई बर्खास्त गर्न र संसद्मा आएर जवाफ दिन कसले रोकेको छ ? भन्दै प्रश्न गरे ।
‘सरकारलाई संसद्प्रति जवाफदेही बनाउन पर्यो । सरकार संसद्प्रति जवाफदेही भएन । बालकुमारी घटनामा दोषी करार भएका, सरकारी छानविन समितिले नै दोषी ठहर गरेका मन्त्रीलाई राजीनामा गर्न वा राजीनामा नगरे बर्खास्त गर्न प्रधानमन्त्रीलाई के– ले रोकेको छ ? प्रधानमन्त्रीलाई संसद्मा आएर जवाफ दिन के–ले रोकेको छ ?’ उनले प्रश्न गरे ।