Logo

‘लौ हिँड चितवन, दुई दिनको जिन्दगी बिताउँन’ भन्दै सबैलाई चितवन घुम्न आउन ओलीको आग्रह



काठमाडौं, १७ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सबैलाई चितवन घुम्न आउन आह्वान गरेका छन् । आज (शुक्रबार) भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले चितवन पर्यटकीय हिसाबले उत्कृष्ट रहेको बताएका हुन् ।

उनले चितवन आएर चितवनको आनन्द लिनका लागि सबैलाई आग्रह गरे । ‘भरतपुर आउनुस्, भरतपुरको आनन्द लिनुस् । गीतै छ– ‘लौ हिँड चितवन, दुई दिनको जिन्दगी बिताउन’ उनले भने ।

विभिन्न कार्य व्यस्तताको कारण पनि आफू निम्तो अस्वीकार गर्न नसकेर मात्रै आएको उनले बताए । ओलीले भरतपुर महानगर प्रमुख रेनु दाहाललाई कार्यकाल थप सफल बनोस् भन्दै शुभकामना ब्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्