Logo

कांग्रेसको मूल नेतृत्व गठबन्धनको पक्षमा छ, आसेपासेहरुले खिलाफमा बोलेः माओवादी नेता मोदी



काठमाडौं, २० फागुन । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री अमनलाल मोदीले वर्तमान सत्ता गठबन्धन कायमै रहने बताएका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले गठबन्धनको निरतन्तरता रहने र मन्त्रिपरिषद् भने पुनर्गठन हुने बताए । उनले कांग्रेसका केही नेताहरुले गठबन्धनको खिलाफमा बोले पनि मूल नेतृत्व यही गठबन्धनलाई निरन्तरता दिने पक्षमा रहेको बताए । कोशी प्रदेशमा राष्ट्रिय सभाको चुनावमा कांग्रेसले भोट ट्रान्सफर नगरेको, महासमिति बैठकमा माओवादी जनयुद्धबारे भएको टीकाटिप्पणी, राष्ट्रिय सभाको अध्यक्ष र सरकार सञ्चालनमा असहयोगलगायतका विषयमा समीक्षा भने गर्ने बेला भएको बताए ।

‘गठबन्धनको संस्कार उहाँहरुले नै तोड्नुभयो । चुनाव गठबन्धनमै भयो । कोशी प्रदेशमा भोट ट्रान्सफर नगर्दा कसले गठबन्धनको संस्कार तोड्यो ? अर्को कुरा महासमितिको बैठकबाट यो गठबन्धन चाहिँदैन भन्ने आशय उहाँहरुले प्रकट गर्नुभएको छ । सार्वजनिक रुपमा उहाँहरुको टिम बोल्दै हिँड्नुहुन्छ । मूले नेतृत्व चाहिँ बोल्नु भएको छैन । तर, आसेपासेहरु गठबन्धनको खिलाफमा हुनुहुन्छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्