Logo

सत्ता गठबन्धन दुर्घटनामा परेपछि रेशमले बोलाए संघ र प्रदेशका सांसदको बैठक



काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशमलाल चौधरीले संघ र प्रदेशका आफ्ना सांसदको बैठक डाकेका छन् । पछिल्लो राजनैतिक अवस्थाबारे छलफल गर्न बैठक बोलाइएको हो । बैठक आज साँझ बस्नेछ ।

नेपाली कांग्रेससहितको सत्ता गठबन्धन भत्किएपछिको परिस्थितिबारे छलफल गर्न नाउपाले सांसदलाई काठमाडौं बोलाएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा नाउपा पनि सहभागी रहेको छ । नाउपाबाट सहअध्यक्ष रञ्जिता श्रेष्ठ भूमि व्यवस्था तथा सहकारी गरिबी निवारण मन्त्री रहेकी छन् । रञ्जिता रेशमकी पत्नीसमेत हुन् ।



प्रतिक्रिया दिनुहोस्