काठमाडौं,२१ फागुन । सत्ता गठबन्धनमा उलटफेर आएपछि नेपाली कांग्रेसले अब प्रतिपक्षीमै रमाउने बताएको छ ।
सत्ता समीकरण फेरबदलपछि सभापति शेरबहादुर देउवाले बोलाएको पार्टीको आकस्मिक पदाधिकारीको बैठकमा सहभागी भएका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीले आफ्नै सुरमा सत्ता गठबन्धन परिवर्तन गरेको र यस विषयमा आफ्नो दलसँग कुनैपनि छलफल नगरेको बताए । उनले आफ्नो दल अब प्रतिपक्षीमै रमाउने बताए । बैठकपछि प्रमुख सचेतक लेखकले भने, ‘बैठकमा सभापतिजीले प्रधानमन्त्रीले गठबन्धन तोडेको सुनाउनुभयो । अब हामी प्रतिपक्षमा रमाउछौँ ।’
प्रधानमन्त्री प्रचण्डले आज नेकपा एमाले, रास्वपा र जसपासहितको नयाँ सत्ता गठबन्धन बनाएका छन् । नयाँ सत्ता गठबन्धनको बैठकले आजै चार जनालाई मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् । प्रचण्डले आज नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा र जसपाबा एक/ एक जना मन्त्री नियुक्त गर्नेछन् ।