Logo

राष्ट्रपति पौडेललाई भेटेर प्रधानमन्त्रीले गराए तीन मन्त्रीको शपथबारे जानकारी



काठमाडौं । प्रधानमन्त्ती पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । नयाँ सत्ता गठबन्धन बनेपछि प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति पौडेल भेट्न शीतल निवास पुगेका हुन् ।

शीतल निवासमा पुगेका प्रचण्डले नयाँ समीकरण अनुसार आजै तीन जना मन्त्री नियुक्त हुने र नवनियुक्त तीन मन्त्रीको शपथ आजै हुने जानकारी प्रचण्डले राष्ट्रपतिलाई गराएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज नेकपा एमाले, रास्वपा र जसपासहितको नयाँ सत्ता गठबन्धन बनाएका छन् । नयाँ सत्ता गठबन्धनको बैठकले आजै तीन जनालाई मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् । प्रचण्डले आज नेकपा एमाले, माओवादी केन्द्र र रास्वपा एक एक जनालाई मन्त्री नियुक्त गर्नेछन् ।

प्रचण्डले आज एमालेबाट पदम गिरी, माओवादीको हितबहादुर तामाङ र रास्वपाका डीपी अर्याललाई मन्त्री नियुक्त गर्नेछन् ।

गिरी यसअघि स्वास्थ्यमन्त्री र अर्याल श्रममन्त्री थिए । तामाङ भने पहिलो पटक मन्त्री बन्न लागेका हुन् । माओवादी अध्यक्षसमेत रहेका पुष्पकमल दाहालले यही ल्होछारमा टुँडिखेलमा तामाङ समुदायबाट एक जना मन्त्री बनाउने वाचासमेत गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्