Logo

प्राविधिक कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख पाण्डेसहित १० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर



काठमाडौं,२१ फागुन । जिल्ला प्राविधिक कार्यालय, मुगुका तत्कालीन कार्यालय प्रमुख इन्जिनियर देवीप्रसाद पाण्डे, सिँचाई आयोजनाका इन्जिनियर महेश सिंह कठायत, वडा नं। ९ का वडाध्यक्ष परुनाथ योगीसहित १० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार सम्झौताविपरीत गलत प्राविधिक मूल्यांकन गरी हुँदै नभएको कामका लागि २६ लाख ८२ हजार भुक्तानी दिएर भ्रष्टाचार गरेको ठहर गर्दै १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

अख्तियारले तत्कालीन कार्यालय प्रमुख पाण्डे, सिँचाइ आयोजनाका इन्जिनियर कठायत, सबइन्जिनियर भीमबहादुर रोकाय, जिल्ला मुगु साबिकको कालै गाविसमा प्राविधिक पदमा कार्यरत रही सामुदायिक सिँचाइ आयोजनामा खटिएका सर्जनबहादुर शाही, सोरु गाउँपालिका– ९ का तत्कालीन वडाध्यक्ष परुनाथ योगी, तत्कालीन गाविससचिव नव गिरी, तन्दवाडा सिँचाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष लोक भन्ने लोगबहादुर शाही, सचिव वैदेवी शाही र कोषाध्यक्ष रूपा भन्ने रत्नरूपा शाही, सामुदायिक सिँचाइ आयोजनाअन्तर्गत परामर्शदातृ संस्थामार्फत खटिएका सामाजिक परिचालन संयोजक प्रकाश बुढाथापाविरुद्ध मुद्दा दायर गरेको आयोगले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्