Logo

नवगठबन्धनलाई समर्थन गर्दै वामदेवले भने: राजनीतिक भाँडभैलो अन्त्य हुने भयो



काठमाडौं,२२ फागुन । १० दलीय सत्ता गठबन्धन दर्घटनामा परेर नयाँ बनेको ४ दलीय गठबन्धनलाई राष्ट्रिय सभाका सदस्य वामदेव गौतमले समर्थन गरेका छन् ।

राष्ट्रिय एकता अभियानका संयोजकसमेत रहेका गौतमले आज एक विज्ञप्ति जारी गर्दै नवगठबन्धनलाई समर्थन गरेका हुन् । उनले नवगठबन्धनलाई समर्थन गर्दै राजनीतिक भाँडभैलो अन्त्य हुने विश्वाससमेत लिएका छन् ।

पूर्व उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका गौतम तत्कालीन नेकपा एमालेका उपाध्यक्ष हुन् । नेकपा विघटनामा निर्णायक भूमिका खेलेका गौतम नेकपाको विघटनपछि स्वतन्त्र रहँदै एकता अभियान चलाईरहेका छन् ।

उनले लेखेका छन्

१) कम्युनिष्ट र कांग्रेसले उत्पादन पद्धतिमा दुइ विपरित तत्वको प्रतिनिधित्व गर्दछन् । अहिलेको गठबन्धनले सही राजनीतिक दिशा पकडेको छ ।

२) अब नेपाली कांग्रेस पार्टी बीपी कोइरालाको राजनीतिक लाइनमा हिंड्छ होला ।

३) सत्ता स्वाद लिन जे पनि गर्ने राजनीतिक भाँडभैलो अन्त्य हुन्छ होला ।

४) अव वास्तविक राजनीतिक प्रतिस्पर्धामा जनता खुसी भएर सामेल हुने छन् ।

५) २०७७ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन गर्नु महाभूल थियो भन्ने पुष्टि भएको छ ।

६) हाम्रो सिदा लप्पनछप्पनविनाको आशा र विश्वास यही नै हो । तर, हाम्रो आशा बमोजिम भएन भने पनि पश्चाताप गर्न पर्ने छैन ।



प्रतिक्रिया दिनुहोस्