Logo

सरकारमा पुरानै सेट पठाउने ओलीको तयारी, विष्णु र विमलाको स्थानमा को ?



काठमाडौं,२२ फागुन । नेकपा एमालेले सरकारमा गत वर्षकै मन्त्रीहरुलाई निरन्तरता दिने तयारी गरेको छ । एमाले निकट स्रोतका अनुसार गत वर्ष पुस १० गते बनेको सत्ता समीकरणमा सहभागी भएका मन्त्रीहरुलाई नै निरन्तरता दिने तयारी एमालेले गरेको हो ।

गत वर्ष एमालेबाट उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा एमाले सरकारमा गएको थियो । एमालेबाट पौडेल अर्थमन्त्री बन्दा पदम गिरी स्वास्थ्य, राजेन्द्र राई भूमि व्यवस्था, ज्वालाकुमारी साह कृषि, हरि उप्रेती रक्षा, डा विमला राई पौड्याल परराष्ट्र, भगवती चौधरी महिला बालबालिका र दामोदर भण्डारी उद्योग मन्त्री बनेका थिए । जसमध्ये गिरी सोमबार नै बिनाविभागीय मन्त्रीको रुपमा सरकारमा सामेल भईसकेका छन् ।

मन्त्रालयको संख्यामा भागबन्डा मिलिनसकेको कारण एमालेले कति मन्त्रालय र कुन मन्त्रालय पाउँछ निश्चित भईसकेको छैन् । तर, एमालेले कम्तिमा ८ मन्त्रालय पाउने बताईएको छ

अहिले विमला पौडेल सांसद छैनन्। उनी राष्ट्रियसभामा ६ वर्षे कार्यकाल पूरा गरेर दुई दिनअघि नै बिदा भइसकेकी छन्। प्रचण्ड नेतृतवको अघिल्लो सरकारमा एमालेको नेतृत्व गर्दै अर्थमन्त्री बनेका विष्णु पौडेल यसपटक सरकारमा जाने सम्भावन छैन। अर्थमन्त्री एमालेको भागमा नपर्ने भएपछि पौडेल सरकारमा नजाने भएका हुन्। 

विष्णु पौडेल र  विमला पौडेलबाहेक अघिल्लो पटक ३२ दिनमात्रै मन्त्री बनेका ६ नेतालाई एमालेले फेरि पनि सरकारमा पठाउने तयारी गरेको एमाले स्रोतले जनाएको छ। 

पौडेल र पौड्याल सरकारमा नजाँदा एमालेबाट विद्या भट्टराई र जुलीकुमारी महतो मन्त्री बन्ने चर्चामा छन् ।

एक वर्षअघि छोटो समय मन्त्री बनेर पनि राम्रो काम गरेको, जनतामाझ सकरात्मक सन्देश गएको हुँदा एक पटक पुरानै सेट दोहोर्याउनुपर्ने माग एमालेमा बढ्दै गएपछि अ‍ोली पनि यसबारेमा सकरात्मक रहेको स्रोतको दाबी छ ।

मधेशबानट ज्वाला मन्त्रीमा दोहोरिए जुली मन्त्री बन्न पाउने छैनन् । त्यसोत मधेशबाट एमाले सचिव रघुवीर महासेठ आफै सरकारमा जाने तयारीमा छन् । महासेठ र जुली श्रीमान-श्रीमती हुन् । गत वर्षको आम निर्वाचनमा धनुषाबाट एकसाथ प्रत्यक्ष निर्वाचन जितेर तहल्का पिटेका महासेठ दम्पतीमध्ये एक जना यसपटक मन्त्री बन्ने लगभग निश्चित रहेको एमाले स्रोतको दाबी छ ।

महासेठ, महतो र भट्टराईको अतिरिक्त एमालेबाट मन्त्री बन्नेमा पूर्वमन्त्रीहरु गोकुल बाँस्कोटा, एलपी सावा लिम्बू, लिलानाथ श्रेष्ठ लगायतको नाम पनि चर्चामा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्