Logo

एमाले रघुवीर महासेठको नेतृत्वमा सरकारमा जाने



काठमाडौं । सोमबार बनेको नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित सत्ता गठबन्धनबीच मन्त्रालयको भागबन्डा टुंगिएको छ।

जसअनुसार नेकपा एमालेलाई ८, माओवादी केन्द्रलाई ५, रास्वपालाई ४ र जसपालाई २ मन्त्रालय दिने समझदारी बनेको छ। त्यसअनुसार आजै मन्त्रीहरू टुंगो लगाएर शपथ तयारी गरिएको बालुवाटारनिकट स्रोतले बताएको छ।

यसैबीच सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा एमाले सचिव रघुवीर महासेठको नेतृत्वमा सरकारमा जाने भएको छ । उनी उपप्रधानसहति भौतिक पूर्वाधार मन्त्री बनेर सरकारमा जाने भएका छन् । एमाले निकट स्रोतका अनुसार उनले सरकारको नेतृत्व गर्ने तय भएको र अन्य मन्त्री टुंगिन बाँकी रहेको छ ।

सहमतिअनुसार नेकपा (माओवादी केन्द्र) बाट उपप्रधान तथा परराष्ट्र मन्त्री वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ हुनेछन्।

अर्थमन्त्री पनि माओवादीले नै लिने सहमति भएको छ। उपमहासचिव वर्षमान पुनलाई अर्थमन्त्री बनाउने माओवादीको निर्णय छ।



प्रतिक्रिया दिनुहोस्