Logo

हामी सरकारमा सहभागी हुँदैनौंः रेशम चौधरी



काठमाडौं, २३ फागुन । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशमलाल चौधरीले आफूहरु अहिले सरकारमा सहभागी नहुने बताएका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी अहिले आफुहरु पर्ख र हेरको अवस्थामा बस्ने बताएका हुन् ।

‘यो सत्ता गठबन्धनको सरकारमा धेरै विचार पुर्याएर मात्रै सहभागी हुनुपर्छ । हामी सानो पार्टी । हामी पर्खिन्छौं । हामी गहिराइको मापन गर्ने बेला भएको छैन,’– उनले भने ।

साथै, सुदूरपश्चिम प्रदेश सरकारलाई लिएर आफूहरुले बार्गेनिङ नगरेको बताए । उनले सुदूरपश्चिम प्रदेश सरकार बार्गेनिङ नभएर आफूहरुको अधिकार भएको बताए । आफूहरु केन्द्रीय सरकारमा अहिले नगए पनि उक्त प्रदेशमा दाबी रहेको बताए । वास्तविक भूमिपुत्रले उक्त प्रदेश सरकारको नेतृत्व पाउनुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्