Logo

महासचिव र उपाध्यक्ष बोकेर माधव नेपाल बालुवाटार छिरे



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बालुवाटार पुगेका छन् । उनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग वार्ता गर्न बालुवाटार पुगेका हुन् ।

आज बसेको पार्टीको सचिवालय बैठकले गरेको निर्णयअनुसार सरकारबारे आवश्यक निर्णय गर्ने जिम्मा अध्यक्ष नेपाललाई दिएको थियो । नेपालले जिम्मेवारी पाएलगत्तै महासचिव घनश्याम भुसाल र उपाध्यक्ष प्रमेश हमाललाई लिएर उनी बालुवाटार पुगेका हुन् ।

बालुवाटारमा उनले प्रधानमन्त्री प्रचण्डसँग वार्ता गर्नेछन् । उपयुक्त जिम्मेवारी पाए आजै सरकारमा जाने समाजवादीको तयारी छ । सरकराले समाजवादीलाई सामान्य प्रशासन मन्त्रालय र सहरी विकास मन्त्रालय दिने तयारी गरेको छ ।

बैठकपछि एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले अध्यक्षसहित नेताहरू प्रधानमन्त्री दाहालसँग वार्ता गर्न बालुवाटार गएको जानकारी दिए। प्रधानमन्त्रीसँग विभिन्न विषयमा छलफल गरेपछि प्राप्त हुने जवाफका आधारमा थप निर्णय लिइने उनले बताए।

प्रधानमन्त्री दाहालले नयाँ समीकरणमा आउन प्रस्ताव गरेको विषयमा सचिवालय बैठकमा छलफल भएको थियो। उक्त प्रस्तावलाई सकारात्मक रूपमा लिइएको प्रवक्ता खतिवडाले बताए।



प्रतिक्रिया दिनुहोस्