Logo

विमलाले ‘ओभरटेक’ गर्दा रोकिएका बलराम १ वर्षपछि मन्त्री नियुक्त हुँदै



काठमाडौं,२३ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मौजुदा मन्त्रिपरिषद्मा १४ जना मन्त्री थपेका छन् । प्रचण्डले आज नेकपा एमाले, रास्वपा, र नेकपा माओवादीलाई समेटेर मन्त्रिमण्डल पुनर्गठन गरेका हुन् ।

नयाँ मन्त्रिमण्डलमा सत्ता साझेदार दल नेकपा एमालेले ८ मन्त्रालय पाएको छ । ८ मन्त्रालय पाउँदा एमालेले ६ जना गत वर्षकै मन्त्रीलाई दोहोर्याउँदा २ जना नयाँले अवसर पाएका छ्न । एमालेबाट सरकारको नेतृत्व सचिव रघुवीर महासेठले गर्दा कपिलबस्तुबाट निर्वाचित सांसद बलराम अधिकारीले भूमि व्यवस्था तथा सहकारी गरिबी निवारण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

गत वर्ष पुस १० गते बनेको एमाले माओवादी गठबन्धनमा अधिकारीको नाम परराष्ट्र मन्त्रीको लागी राष्ट्रपति कार्यालय शीतल निवासमा पुगेको थियो । तर, बीच बाटैबाट तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको ठाडो हस्तक्षेत्रले उनको नाम काटिएको थियो ।

पूर्व राष्ट्रपति भण्डारीले अधिकारीको ठाउँमा राष्ट्रिय सभाकी निवर्तमान सांसद डा विमला राई पौड्याललाई परराष्ट्र मन्त्री बनाएकी थिईन् । विमला राई हालैमात्र राष्ट्रिय सभाबाट बिदा भएकी छन् । उनलाई २०७४ सालमा राष्ट्रपतिबाटै राष्ट्रिय सभा सदस्य बनाइएको थियो । उनी २०७० सालमा राष्ट्रिय योजना आयोगको सदस्य पनि बनेकी थिइन् । file photo



प्रतिक्रिया दिनुहोस्