काठमाडौं, फागुन २४ । संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठक संसद भवन नयाँ बानेश्वरमा भर्खरै सुरु भएको हो । आज बसेको बैठकमा प्रधानमन्त्ती पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्नेछन् ।
त्यस्तै बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने र महिला तथा सामाजिक मामिला समितिका सभापति किरण कुमार साहले महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९-०८००पेश गर्ने कार्यसूची रहेको छ ।