Logo

कर्णालीका जनताले नुन किन्न लाईन बस्नु नपर्ने दिनमात्र फेरिएको गठबन्धनले सार्थकता पाउँछः रघुजी पन्त



काठमाडौं,२४ फागुन । नेकपा एमालेका सांसद रघुजी पन्तले कर्णालीका जनताले सहजरुपमा नुन किन्न सक्ने अवस्था बनाउन सरकारसँग माग गरेका छन् ।

बुधबार बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै पूर्वमन्त्री समेत रहेका सांसद पन्तले कर्णालीका जनताले नुन किन्न लाईन बस्नु नपर्ने अवस्था आएको दिन फेरिएको सत्ता गठबन्धले सार्थकता पाउने बताए ।

‘कर्णालीको कालिकोटका जनता सुन किन्न लाईनमा बसे भन्ने समचार सुन्न पाए कति आनन्द लाग्थ्यो ? ।तर, कालिकोटका जनता नुन किन्न तीन घण्टा लाईनमा बस्नबाध्य भएका छन् ’ उनले भने ‘तर, तीन घण्टा लाईन बसेपनि उनीहरुले नुन पाएनन् । नागरिकतको प्रमाणपत्र नपाउँदा उनीहरुले नुन पाएनन् । ११ किलो नुन किन्न तीन हजार खर्च गर्नुपार्यो । सरकार फेरिएको सार्थकता त्यो दिनमात्र हुन्छ जब कर्णालीका जनताले नुन किन्न लाईनमा बस्नु पर्दैन’ ।



प्रतिक्रिया दिनुहोस्