Logo

सजिलो विकल्प छाडेर रास्वपाले चुनौतीपूर्ण राजनीतिको बाटो रोज्यो: प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, २४ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सडकमा बसेर प्रतिक्रियाको राजनीति गर्ने सजिलो विकल्प छाडेर चुनौतिको बाटो रोजेको टिप्पणी गरेका छन् । आज (बिहीबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले रास्वपाले सत्तामा गएर आफूलाई प्रमाणित गर्ने चुनौतिको बाटो रोजेको बताएका हुन् । रास्वपाले आफ्नो नेतृत्वप्रति भरोसा गरेको भन्दै उनले उक्त भरोसालाई ठूलो जिम्मेवारी मानेको बताए ।

‘सडकमा बसेर प्रतिक्रियाको राजनीति गर्ने सजिलो विकल्प उहाँहरूसँग थियो तर सत्तामै गएर आफूलाई प्रमाणित गर्ने चुनौतीपूर्ण बाटो उहाँहरूले रोज्नुभएको छ,’– प्रधानमन्त्री प्रचण्डले भने ।

कांग्रेस–माओवादीको गठबन्धन टुटाएर प्रधानमन्त्री प्रचण्डले एमाले, रास्वपा, एकीकृत समाजवादी र माओवादी केन्द्रसहितको समर्थनमा सरकार गठन गरेका छन् । रास्वपाबाट रवि लामिछाने पुनः उपप्रधानसहित गृहमन्त्री बनेका छन् । Photo By: Mukunda Kalikote/RN



प्रतिक्रिया दिनुहोस्