Logo

कांग्रेसलाई माओवादी सांसदको जवाफः ‘उथलपुथल सक्नेले गर्ने हो’



काठमाडौं, २४ फागुन । नेकपा (माओवादी केन्द्र) का सचिव एवं प्रतिनिधि सभा सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेसँग मिलेर नयाँ सरकार बनाउँदा कांग्रेसले पनि प्रयास गरेको बताएका छन् । आज (बिहीबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले कांग्रेसले चलखेल सुरु गरेपनि बहुमत जुटाउन नसकेको बताए । उथलपुथले सक्नेले गर्ने हो भन्दै कांग्रेसलाई जवाफ फर्काए ।

‘नेपाली कांग्रेसका साथीहरुले पनि छलफल त सुरु गर्नुभयो सबैतिर । बहुमत जुटाउनु भएको भए त अहिलेको प्रधानमन्त्रीले विश्वासको मत लिन सक्नुहुन्थेन । हाम्रो संविधानमा त यही व्यवस्था छ । कोशिस तपाईँहरुले पनि गर्नुभयो नि । सक्नेले गर्ने हो उथलपुथल,’– उनले भने ।

नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन र पुरानो प्रणालीलाई अन्त्य गरेर यो प्रणाली स्थापित गन प्रधानमन्त्री प्रचण्डको ठूलो भूमिका रहेको उनले बताए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्