Logo

माओवादीले भोलिसम्म राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार टुङ्गो लगाउने



काठमाडौं, २६ फागुन । नेकपा (माओवादी केन्द्र) ले भोलि (आइतबार) सम्ममा राष्ट्रिय सभाको उम्मेदवार टुङ्गो लगाउने भएको छ । आज (शनिबार) बसेको संसदीय दलको बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलिसम्ममा राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार टुङ्गिनेबारे ब्रिफिङ गरेको प्रमुख सचेतक हितराज पाण्डेले बताए ।

‘सम्माननीय प्रधानमन्त्रीज्यूले उम्मेदवारबारे भोलिसम्म निर्णय हुन्छ भन्नुभएको छ,’– बैठकका निर्णयहरु सार्वजनिक गर्दै मुख्यसचेक पाण्डेले सञ्चारकर्मीसँग भने ।

साथै, आसन्न राष्ट्रिय सभा अध्यक्षको निर्वाचन र प्रधानमन्त्रीले प्रतिनिधि सभाबाट विश्वासको मत लिने प्रयोजनका लागि पार्टीका सांसदमा ह्वीप जारी गर्ने विषयमा पनि बैठकमा छलफल भएको उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले आगमी फागुन ३० गतेसम्ममा प्रतिनिधि सभाबाट विश्वासको मत लिने तयारी रहेको छ ।



प्रतिक्रिया दिनुहोस्