काठमाडौं, फागुन २७ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले आयोजक हङकङविरुद्ध पहिलो सफलता प्राप्त गरेको छ ।
टस जितेर सुरुवातमा फिल्डिङ गरेको नेपालका लागि पहिलो बलमै करण केसीले सफलता दिलाएका हुन् ।
करणले हङ्कङका ओपनर ब्याट्सम्यान मार्टिन कोट्जीलाई खाता खोल्नुअघि नै गुलसन झाद्वारा क्याच गराएका थिए ।