काठमाडौं, फागुन २७ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले हङहङको दोस्रो विकेट लिएको छ। हङकङस्थित टिनक्वङ रोड खेल मैदानमा जारी खेलमा नेपालका गुल्सन झाले हङहङका क्याप्टेन निजाकत खानलाई आउट गराएका हुन्।
खानले २० बलमा २५ रन बनाएर आउट भएका हुन्। उनले ३ चौका र १ छक्का प्रहार गरेका थिए।
खेलमा घुरेलु टोली हङहङविरुद्ध टस जितेर फिल्डिङ गरिरहेको नेपालले दोस्रो विकेट लिएको हो। यसअघि करण केसीले पहिलो बलमै हङहङको एक विकेट लिएका थिए।
यसैबीच वर्षात्का कारण खेल पुन रोकिएको छ । हङकङले ८ ओभरमा २ विकेट गुमाएर ६५ रन जोडेपछि पानी परेपछि खेल फेरि रोकिएको हो ।