Logo

वर्षाका कारण नेपाल र हङकङबीचको खेल रद्द



काठमाडौं,२७ फागुन । त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत नेपाल र हङकङबीको खेल वर्षाका कारण रद्द भएको छ ।

नेपालविरुद्ध घरेलु मैदान मोङकोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले ८ ओभरमा २ विकेट गुमाउँदै ६५ रन बनाएको स्थितिमा दोस्रो पटक पानी परेपछि खेल रोकिएको थियो ।

नेपालले टस जिती पहिले फिल्डिङको निणर्य लिएको थियो । त्यसपछि ब्याटिङमा ओर्लिएको हङकङले पाँच ओभरमा एक विकेट गुमाएर ४३ रन बनाएपछि वर्षाका कारण खेल रोखिएको थियो । केही समयपछि खेल फेरि सुरु भए पनि आठ ओभरमा पुनः वर्षा सुरु भएको थियो । त्यतिबेला हङकङले दुई विकेट गुमाएर ६५ रन बनाएको थियो । तर, त्यसपछि खेल पुनः सुरु हुन सकेन र अनिणर्ित रुपमा सकियो ।

हङ्कङको पहिलो विकेट करण केसीले लिएका थिए । करणले हङ्कङका ओपनर ब्याट्सम्यान मार्टिन कोट्जीलाई खाता खोल्नुअघि नै गुलसन झाद्वारा क्याच गराएका थिए । हङकङको दोस्रो विकेट गुलसन झाले लिएका थिए ।



प्रतिक्रिया दिनुहोस्