Logo

एमाले गोरखाको अध्यक्षमा पीएस प्यानलका थापा निर्वाचित



काठमाडौं । सत्तारुढ दल नेकपा एमाले गोरखा जिल्ला कमिटीको अध्यक्षमा सुरेन्द्रबहादुर थापा निर्वाचित भएका छन् । पार्टीको आठौँ जिल्ला अधिवेशनबाट थापा अध्यक्षमा निर्वाचित भएका हुन् ।

आज बिहान सकिएको मतगणनाअनुसार थापाले २८० मत प्राप्त गरी अध्यक्षमा निर्वाचित हुँदा अर्का उम्मेदवार निवर्तमान उपाध्यक्ष कृष्ण नेपालीले २०५ मत प्राप्त गरे ।

पाँचै पदाधिकारीमा निर्वाचनबाट नेतृत्व चयन भएको छ । सो अनुसार, उपाध्यक्षमा मेनबहादुर अधिकारी र सचिवमा काजिराम रोका निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

उपसचिवमा खुलातर्फ मनोज जोशी र महिला उपसचिवमा शान्ति चापागाईं निर्वाचित भएका छन् । अध्यक्षसहित पदाधिकारीमा निर्वाचित भएका पाँचै जना पार्टीका उपमहासचिव पृथ्वी सुब्बा गुरुङ पक्षका हुन् । एमाले गण्डकीमा गुरुङ र स्थायी कमिटी सदस्य तथा पूर्व मूख्यमन्त्री खगराज अधिकारीबीच प्यानलगत प्रतिस्पर्धा हुँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्