काठमाडौं । सरकारले तीन वटा प्रदेशका प्रदेश प्रमुखलाई हटाएर नयाँ पठाउने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले गण्डकी, मधेश र सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्ने निर्णय गरेको हो । आज बसेको मन्त्रिपरिषद्को बैठकले ती प्रदेश प्रमुखलाई पदमुक्त गर्नको लागि राष्ट्रपतिकहाँ सिफारिस गर्ने निर्णय भएको सरकारी प्रवक्ता रेखा शर्माले बताइन् ।
गण्डकीमा पृथ्वीमान गुरुङ, मधेशमा हरिशंकर मिश्र र सुदूरमा देवराज जोशी प्रदेश प्रमुख रहेका थिए । उनीहरु तीनै जना नेपाली कांग्रेसका कोटाबाट नियुक्त भएका हुन् ।
बैठकले रिक्त हुने पदहरुमा नियुक्तिको लागि मधेसको लागि सुमित्रा भण्डारी, गण्डकीको लागि डिल्लीराज भट्ट र सुदूरपश्चिमको लागि नजिर मियाँ मनोनयनको लागि सिफारिस भएको सरकारकी प्रवक्ता रेखा शर्माले बताइन् । अब उनीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गर्नेछन् ।