काठमाडौं,३० फागुन । राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले आज पदबाट राजीनामा दिने भएकी छन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर अर्यालले राजीनामा दिन लागेको जानकारी गराएकी छन् ।
अर्याल गत वर्ष नेकपा माओवादी केन्द्रको तर्फबाट राष्ट्रिय सभामा उपाध्यक्ष निर्वाचित भएकी थिईन् । दलहरुको सहमतिअनुसार राष्ट्रियसभा अध्यक्षमा माओवादी केन्द्रका नारायणप्रसाद दाहाल मंगलबार निर्वाचित भएपछि अर्यालले राजीनामा दिने भएकी हुन् ।
संविधानमा राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्ष फरक फकर दलबाट निर्वाचित हुनुपर्ने व्यवस्था रहेको छ । सत्ता समीकरण अनुसार माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्ष पाइसकेको छ भने उपाध्यक्ष एमालेले लिने भनिए पनि एकीकृत समाजवादीले पनि उपाध्यक्षमा दाबी गरेको छ ।