Logo

प्रधानमन्त्री प्रचण्डले तेस्रो पटक पाए विश्वासको मत, पक्षमा १५७ सांसदको समर्थन



काठमाडौं, ३० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट तेस्रो पटक विश्वासको मत पाएका छन् । नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले आज (बुधबार) संविधानको धारा १०० को उपधारा २ बमोजिम विश्वासको मत लिएका हुन् ।

प्रतिनिधि सभामा उपस्थित कूल सांसद २६८ मध्ये विश्वासको मतको पक्षमा १५७ र विपक्षमा ११० सांसदले मतदान गरेका थिए भने १ सांसद तटस्थ रहे ।

प्रधानमन्त्री प्रचण्डलाई नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टीलगायत दलका र केही स्वतन्त्र सांसदहरुले विश्वासको मत दिएका हुन् ।



प्रतिक्रिया दिनुहोस्