काठमाडौं,१ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले संसद्को शून्य समयमा सांसदले उठाएको प्रश्नको सरकारले जवाफ नदिएर सदनको बेवास्था गरेको भन्दै आपत्रि जनाएका छन् ।
राप्रपाका प्रमुख सचेतकसमेत रहेका सांसद शाहीले शून्य र विषेश समयमा उठाएका कुनैपनि प्रशनको जवाफ नदिएर सरकार भागबन्डा र समीकरण फेरबदलमा लागेको भन्दै यो देशमा सरकार पनि छ ? भन्दै प्रश्न गरेका छन् ।
बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शाहीले भने, ‘यदि सरकार छ भने रसियामा अलपत्र परेका पाँच जना नेपालीले छिमेकी राष्ट्र भारतसँग उद्धार गरिदिनुपर्यो भनेर माग गरिरहनुभएको छ’, शाहीले भने, ‘के यसले नेपाल देशमा सरकार छ भन्ने बुझाउँछ ? कहिले वारी कहिले पारी, वारी जमुना पारि जमुना ।’