Logo

एमाले रोल्पाको अध्यक्षमा अमृत बुढामगर निर्वाचित



काठमाडौं । सत्तारुढ दल नेकपा एमाले रोल्पाको अध्यक्षमा अमृत बुढामगर चयन भएका छन् । एमाले रोल्पाको सातौं जिल्ला अधिवेशनले बुढामगरको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति चयन गरेको हो ।

अध्यक्ष पदमा अमृत बुढामगर र घनश्याम आचार्यको उम्मेदवारी परेको थियो । अमृतले १९५ मत ल्याएका छन् भने घनश्यामले ११२ मत ल्याएका छन् । उपाध्यक्षमा विजयकुमार घर्तीमगर सर्वसम्मत भएका थिए ।

त्यस्तै सचिवमा नेपबहादुर थापा निर्वाचित हुँदा उपसचिवमा बम बहादुर पुन मगर र रमिता डाँगी निर्वाचित भएको एमाले पोलिटब्युरो सदस्य तथा सांसद ठाकुर गैरेले जानकारी दिए ।

त्यसैगरी, ५ जना खुला सदस्यहरुमा सन्तोष बाठा, कमानसिंह पुनमगर, धनबहादुर बस्नेत, रामचन्द्र बुढामगर, परबिर बिक, विजयी भएका छन् ।



प्रतिक्रिया दिनुहोस्