Logo

जिल्ला प्राविधिक कार्यालय मुगुका तत्कालीन इन्जिनियर पाण्डेसहित ७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर



काठमाडौं । तत्कालीन जिल्ला प्राविधिक कार्यालय, मुगुका जिल्ला इन्जिनियर तथा कार्यालय प्रमुख देवी प्रसाद पाण्डेससहित जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर भएको छ ।

बिहीबार अख्तियार दूरुपयोग अनुसन्धान आयोगले मुगुकाे सोरु गाउँपालिका–९ मा पर्ने सिड्डिखोला फुकलछडा सिँचाइ कुलो निर्माण योजनामा भ्रष्टाचार गरेको भन्दै अख्तियारले इन्जिनियर पाण्डे, महेश सिंह कठायत, सब–इन्जिनियर भीमबहादुर रोकाया, असिस्टेन्ट सव–इन्जिनियर सर्जन शाहीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हाे ।

अख्तियारले सिड्डीखोला फुकलछडा जल उपभोक्ता समितिकी अध्यक्ष दीपादेवी शाही, सचिव पूर्णबहादुर शाही र कोषाध्यक्ष फुल्टउरा शाहीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।



प्रतिक्रिया दिनुहोस्