Logo

सुन जाँचबुझ आयोगको प्रतिवेदन अविलम्वन सार्वजनिक गर्न सांसद थापाको माग



काठमाडौं,२ चैत । नेकपा एमालेका सांसद सूर्य थापाले सुन तस्करीसम्बन्धी जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदन संसद्मा सार्वजनिक गर्न माग गरेका छन् ।

शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सञ्चारमाध्यमको ब्रेकिङ समाचार मात्र पढ्नभन्दा सिंगो प्रतिवेदन पढ्न चाहेको बताए । उनले पारदर्शी रूपमा प्रतिवेदन सार्वजनिक गरेर त्यो उपर सदनमा छलफल हुनुपर्ने माग गरे ।

“प्रतिवेदन सार्वजनिक गर्न माग गर्दछु । पारदर्शी बनाउनु पर्छ । सदनमा पनि सार्वजनिक हुनुपर्छ । संग्लो प्रतिवेदन हेर्न चाहान्छौँ,” उनले भने, “विशेष मागमा आयोगको प्रतिवेदन अविलम्वन सार्वजनिक गर्न र कार्यान्वयन गरेर सुन तस्करको मुहान बन्द गर्न आग्रह गर्दछौँ ।”



प्रतिक्रिया दिनुहोस्