Logo

फुटको संघारमा नेसपा, महिन्द्र पक्षबाट कार्यकारिणी समिति बैठक बहिस्कार



काठमाडौं, ४ चैत । नेपाल समाजवादी पार्टी (नेसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु भएको छ । आज (आइतबार) देखि केन्द्रीय कार्यालय तीनकुनेमा बैठक सुरु भएको हो ।

उक्त बैठक अध्यक्ष महिन्द्र राय यादव पक्षले भने बहिस्कार गरेको छ । अध्यक्ष बाबुराम भट्टराईले आफूहरुलाई थाहै नदिई बैठक डाकेको भन्दै यादव पक्षले बैठक बहिस्कार गरेको हो । साथै, महिन्द्र पक्षले नेकपा (माओवादी केन्द्र) सँग एकता गर्ने सहमति गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्