Logo

एमाले कञ्चनपुर जिल्ला अधिवेशनमा विवाद हुँदा पार्टी कार्यालयमा तालाबन्दी



काठमाडौं,५ चैत । नेकपा एमाले कञ्चनपुरको पार्टी कार्यालयमा तालाबन्दी भएको छ । सर्वसम्मत नेतृत्व चयनका नाममा आकांक्षीलाई परीक्षण हुने माका नदिईएको भन्दै सचिवका आकांक्षी कर्णबहादुर चन्दले पार्टी कार्यालयमा ताला लगाएका हुन् ।

पदाधिकारीमा उम्मेदवारी दिएका सबैलाई आइतबार आफ्नो उम्मेदवारी फिर्ता लिन लगाईएको थियो ।
अध्यक्ष केपी शर्मा ओलीले १ चैतमा अधिवेशन उद्घाटन गर्दै सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिएका थिए । सोही निर्देशनअनुसार अध्यक्षमा हालका कार्यवाहक अध्यक्ष लक्ष्मी बुढा, उपाध्यक्षमा जनक अवस्थी, सचिवमा पल्लवराज भट्ट, उपसचिव अध्यक्षका आकांक्षी अशोक चन्द र राजीव खड्कालाई बनाउने सहमति भएको छ ।

अध्यक्ष मण्डलले सोमबार पदाधिकारीमा सर्वसम्मत घोषणा गर्ने तयारी गरेपछि सचिवमा उम्मेदवारी दिएका कर्णबहादुर चन्दले जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन् ।

अघिल्लो कार्यकाल उपसचिवमा सर्वाधिक मत ल्याएर चन्द निर्वाचित भएका थिए। यसपटक सहमतिको लागि तयार पदाधिकारीको खाका उनको नाम छैन। चन्दलाई उपाध्यक्ष बनाउनुपर्ने माग उनी पक्षको छ।



प्रतिक्रिया दिनुहोस्