काठमाडौं,५ चैत । सुन तस्करी प्रकरणमा पक्राउ परेका सत्तारुढ दल नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा लाई भैरहवाबाट काठमाडौं ल्याइँदै छ । महरालाई भैरहवा विमानस्थलबाट यति एयरलाइन्सको जहाजमा काठमाडौं ल्याइँदै छ ।
सुन तस्करी प्रकरणमा जोडिएका महरालाई पक्राउ गर्न गृहमन्त्री रवि लामिछानेले आइतबार प्रहरीलाई निर्देशन दिएका थिए ।
पूर्व सभामुख समेत रहेका महरालाई १३८ किलो सुन तस्करीको जाँचबुझ गर्न बनेको आयोगले दोषी ठहर गर्दै कारबाही गर्न सिफारिस गरेको थियो ।
पूर्व न्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको छानबिन समितिले बुधबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो । महराका छोरा राहुल यसै प्रहरणमा गत भदौ देखिनै थुनामा रहेका छन् ।
जाँचबुझ आयोगले गत बिहीबार बुझाएको प्रतिवेदन नेपाल प्रहरी हुँदै केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा पुगेको छ। यसअघि सिआइबीले महरालाई ९ किलो सुन प्रकरणमा बयान कागजमात्रै गराएर छाडेको थियो।