Logo

महरा सवार यती एयरलाइन्सको विमान काठमाडौंमा अवतरण



काठमाडौं,५ चैत । पूर्व समाभुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरा सवार यती एयरलाइन्सको विमान काठमाडौंमा अवतरण भएको छ । उनलाई केन्द्रिय अनुसन्धान ब्यूरोमा लगिँदै छ ।

महरालाई भैरहवा विमानस्थलबाट यति एयरलाइन्सको जहाजमा काठमाडौं ल्याइँएको हो ।

सुन तस्करी प्रकरणमा जोडिएका महरालाई पक्राउ गर्न गृहमन्त्री रवि लामिछानेले आइतबार प्रहरीलाई निर्देशन दिएका थिए ।

पूर्व सभामुख समेत रहेका महरालाई १३८ किलो सुन तस्करीको जाँचबुझ गर्न बनेको आयोगले दोषी ठहर गर्दै कारबाही गर्न सिफारिस गरेको थियो ।

पूर्व न्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको छानबिन समितिले बुधबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो । महराका छोरा राहुल यसै प्रहरणमा गत भदौ देखिनै थुनामा रहेका छन् ।

जाँचबुझ आयोगले गत बिहीबार बुझाएको प्रतिवेदन नेपाल प्रहरी हुँदै केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा पुगेको छ। यसअघि सिआइबीले महरालाई ९ किलो सुन प्रकरणमा बयान कागजमात्रै गराएर छाडेको थियो।



प्रतिक्रिया दिनुहोस्