Logo

गृहमन्त्रीको बचाउ गर्दै ओलीले भने: उजुरी दर्ता हुनासाथ राजीनामा दिँदै जाने हो भने मन्त्री र संसद् खाली हुन्छ



काठमाडौं,६ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले सदन अवरुद्ध गरेर अनावश्यक बखेडा झिकेको आरोप लगाएका छन् ।

मंगलबार बिहान धनगढीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्तीसमेत रहेका ओलीले सहकारीका अनावश्यक विषय झिकेर कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्नै अनैतिक भएको दाबी गरे । उनले कुनै विषयमा उजुरी पर्दैमा राजीनामा दिँदै जाने हो भने नेपालमा संसद् र मन्त्री पद सवै रित्तिने जिकिर गरे ।

ओलीले भने, ‘उजुरी दर्ता तपाईँको नाममा पनि हुन सक्छ । उजुरी दर्ताकै विषयमा मन्त्री नहुने हो भने त नेपालमा मन्त्री खाली हुन्छ, संसद् खाली हुन्छ सबै खाली हुन्छ । उजुरी त एउटा लगेर हाल्दिए भइहाल्यो नि !’।

कांग्रेसले सहकारी मुद्दामा गृहमन्त्रीको संलग्नता रहेको आरोप लगाउँदा संसद्मा बारम्बार अवरोध गर्दै आईरहेको छ । कांग्रेसको अवरोधका कारण प्रतिनिधि सभा बैठक पटक पटक स्थगित हुँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्