काठमाडौं, ६ चैत्र । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा पर्याप्त प्रमाण रहेको दाबी गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री लामिछानेमाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले लामिछानेमाथि सहकारी ठगी प्रकरणमा कुनै प्रमाण नभएको भनेर दाबी गरेपनि पर्याप्त प्रमाण रहेको लेखकको दाबी छ ।
उनले लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको माग गरेका छन् । उनले भने,‘सम्माननीय प्रधानमन्त्रीज्यूले उहाँमाथि कुनै प्रमाण छैन् भन्नुभयो, म भन्छु अत्यधिक धेरै प्रमाण छन् ।’