Logo

राष्ट्रिय सभा बैठक: कार्यव्यवस्था परामर्श समितिमा सदस्य मनोनीत



काठमाडौं । राष्ट्रिय सभा बैठकमा कार्यव्यवस्था तथा परामर्श समितिमा ७ जनाको नाम मनोनीत भएको छ ।

आज बसेको राष्ट्रिय सभा बैठकमा राष्ट्रिय सभा नियमावली २०७५ को नियम १३ को उपनियम १ अनुसार अध्यक्ष नारायणप्रसाद दाहालले ७ जना सदस्य मनोनीत गरेका हुन् ।

दाहालले आनन्दप्रसाद ढुङ्गाना, गोपीबहादुर सार्की अछामी, तुलप्रसाद विश्वकर्मा, भगवती न्यौपाने, मदनकुमारी साह, मोहम्मद खालिद, शेखरकुमार सिंहलाई राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिका मनोनयन गर्न प्रस्ताव गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्