काठमाडौं, ७ चैत । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का अध्यक्ष ग्रेग बार्कलेले आफू नेपाली क्रिकेटको विद्यामान अवस्थाबाट निकै प्रभावित भएको बताएका छन् । नेपाल भ्रमणमा रहेका बार्कलेले आज (बुधबार) पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेपाली क्रिकेटको भविष्यमा केही सकारात्मक प्रभाव देखिएको बताएका हुन् ।
उनले पछिल्लो समय नेपाली क्रिकेटका क्षेत्रमा प्रगति भइरहेको बताउँदै भविष्यमा पनि थप प्रगति हुने विश्वास व्यक्त गरे । उनले नेपालको क्रिकेटको विकासका लागि पूर्वाधारमा लगानी बढाउन पर्ने आवश्यकता औंल्याएका छन् । नेपालमा अहिले भइरहेका संरचना पर्याप्त नरहेको औल्याउँदै उनले ठूला टिम र प्रतियोगिताहरु आयोजना गर्न लगानी बढाउनु आवश्यक रहेको बताए ।फोटोः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल