Logo

कोशी प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा पूर्व सांसद बिन्दिया कार्की नियुक्त



काठमाडौं,९ चैत । कोशी प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा बिन्दिया कार्की नियुक्त भएकी छन् । आज बसेको प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यस अघि नियुक्त भएकी उपाध्यक्ष जिनाजङ्ग कार्की अमेरिका गएपछि उनको ठाँउमा बिन्दियालाई नियुक्त गरिएको हो । यस्तै मन्त्रिपरिषद्को बैठकले बोर्डको सदस्यमा मदन खड्का र गौरीमान राईलाई नियुक्त गर्ने निर्णय भएको हो ।

उपाध्यक्षमा नियुक्त भएकी कार्की पूर्व सांसद हुन् । ०७४ सालको प्रदेश सभामा नेपाली कांग्रेसको तर्फबाट उनी कोशी प्रदेश सभामा समानुपातिका सांसद थिईन् ।



प्रतिक्रिया दिनुहोस्