Logo

सिन्धु एमालेको नेतृत्व छान्न मतदान जारी, नेपाल र श्रेष्ठ प्यानलसहित मैदानमा



काठमाडौं,१८ चैत । नेकपा एमाले सिन्धुपाल्चोको नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । शुक्रबारदेखि जारी अधिवेशनमा आज बिहानबाट मतदान सुरु भएको हो ।

अध्यक्षका कमल नेपाल र होमनारायण श्रेष्ठ मैदानमा छन् । नेपालको प्यानलबाट उपाध्यक्षमा अर्जुन भण्डारी, सचिवमा कृष्णगोपाल तामाङ, उप-सचिवमा शिवहरी सापकोटा र महिला उपसचिवमा सुशीला पाख्रिनले उम्मेदवार दिएका छन् ।

श्रेष्ठको प्यानलबाट उपाध्यक्षमा विष्णुमणि आचार्य, सचिवमा यज्ञराज सापकोटा, उप-सचिव विजयकृष्ण श्रेष्ठ र महिला उप-सचिमा शोभा कार्की चुनावमा होमिएका छन् ।

नेपाल निवर्तमान अध्यक्ष हुन् भने जुगल गाउँपालिकाका पूर्व अध्यक्ष श्रेष्ठ गाउँपालिका महासंघ नेपालका पूर्व अध्यक्षसमेत हुन् ।

अधिवेशनले १०३ सदस्यीय कमिटी चयन गर्नेछ। त्यसमध्ये जनजाति खुलातर्फ दुई सदस्यमा उम्मेदवारी नै परेको छैन।

अध्यक्ष नेपाललाई एमाले पोलिटब्युरो सदस्य अरुण नेपाल लगायतका नेताहरूले सहयोग गरेका छन् भने श्रेष्ठलाई केन्द्रीय सदस्य सरेश नेपाललगायतका नेताको साथ छ ।



प्रतिक्रिया दिनुहोस्