Logo

प्रचण्डका दूत शाही र मुख्यमन्त्री शर्माबीच वान टु वान वार्ता जारी



काठमाडौं,२० चैत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज प्रदेश सभाबाट विश्वासको मत लिने कार्यातालिका रहेको छ । कर्णाली सरकारको नेतृत्व नेकपा (एमाले) लाई दिने केन्द्रीय सत्ता गठबन्धनभित्र सहमति भएपनि मुख्यमन्त्री शर्मा भने विश्वासको मत लिने र सरकारलाई निरन्तरता दिने पक्षमा छन् ।

केन्द्रीय सत्ता गठबन्धनमा भएको सहमतिविपरीत मुख्यमन्त्री शर्मा अगाडि बढेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत हच्किएका छन् । प्रचण्डले आफ्ना विश्वासपात्र पूर्व मुख्यमन्त्री एवम् माओवादीका प्रभावशाली नेता महेन्द्रबहादुर शाहीलाई सुर्खेत पठाएका छन् ।

अहिले शाही र मुख्यमन्त्री शर्माबीच वान टू वान वार्ता भइरहेको छ । माओवादी केन्द्र कर्णाली प्रदेश सभाका प्रमुख सचेतक रनसिंह परियारले अहिले मुख्यमन्त्री शर्मा र शाहीबीच वान टू वान वार्ता भइरहेको बताए । उनले विश्वासको मत लिने कार्यासूची रहेपछि मुख्यमन्त्री शर्मा र शाहीबीचको वार्तापछि संसदीय दलको बैठक बसेर निर्णय लिने बताए ।

‘उहाँ (महेन्द्रबहादुर शाही) आउनु भएको छ । अहिले हामीलाई केही पनि भनिएको छैन । उहाँहरुबीच छलफल भइरहेको छ । उहाँहरुको छलफलपछि संसदीय दलको बैठक बसेर निश्कर्षमा पुग्छौं,’– प्रमुख सचेतक परियारले रिपोर्टर्स नेपालसँग भने ।



प्रतिक्रिया दिनुहोस्